Monday, May 15, 2017

Gurung Movie Maker गुरुङ फिल्मको हिरो बने मादीको प्रमुख


Photo by Yunish Gurung
कास्कीको गाउँपालिकाहरुमा जारी मतगणनामा एमालेले पहिलो खाता मादी गाउँपालिकाबाट खोलेको छ । मादी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका बेदबहादुर गुरुङ (श्याम) र उपप्रमुखमा बिष्णु माया पौडेल बिजयी भएका छन् । बेदबहादुर गुरुङ फिल्मको निर्माता तथा नायक पनि हुन् । एमालेका बेदबहादुरले ४६३७ मत पाए भने काँग्रेसका उम्मेदवारले ३६५३ मत ल्याए ।

उपप्रमुखमा एमालेकी पौडेलले ४५२३ मत पाइन् भने काँग्रेसकी उम्मेदवारले ३१३१ मत ल्याइन् । मादी गाउँपालिकामा एमालेले १,२,४,६,१० र १२ गरी छ  वटा वडा अध्यक्ष पनि जितेको छ । नेपाली काँग्रेसले ३, ५ र ८ गरी तीन वटा वडा जितेको छ भने माओवादी केन्द्रले ७, ९ र ११  गरी दुई वटा वडा जितेको छ ।

No comments:

Post a Comment